Thursday 20th of June 2024

पाकिस्तानमा भारतीय च्यानल प्रसारण गर्ने ५० केबल अपरेटरका उपकरण जफत

0 Shares

इस्लामावाद : भारतको टिभी च्यानल देखाउने पाकिस्तानका ५० भन्दा बढी केबल अपरेटरलाई कारबाही गरिएको छ ।

यसअन्तर्गत उनीहरुको उपकरण जफत गरिएको छ । जफत गरिएका उपकरणमा १४ स्याटेलाइट रिसिभर, ११ मोड्युलेटर, ५ ट्रान्समिटर र २ डिजिटल बक्स रहेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी (पेमरा) ले बिहीबार यो कारबाही गरेको हो।

पेमराले नै पाकिस्तानमा इलेक्ट्रोनिक मिडियालाई निगरानी गर्छ।

पेमराले बिहीबार जारी गरेको विज्ञप्तिमा पाकिस्तानका सात सहरहरू – लाहोर, मुल्तान, फैसलाबाद, सरगोधा, गुजरनवाला, कराची र हैदरावादको अचानक अवलोकन गरेपछि यो कारबाही गरेको उल्लेख छ।

यसअघि पेमराले भारतीय च्यानलको सामग्री प्रसारण गरेको केही दिनपछि मात्रै केबल अपरेटरहरूलाई फेरि पनि आदेश उल्लङ्घन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको थियो । बीबीसी

प्रतिक्रिया