सरोकारवालापक्षले समयमै ध्यान नदिएकै कारण औरही वजारको विकास हुन नसकेको ः नेकपा नेता चौधरी

गौशाला । सरोकारवालापक्षले समयमै ध्यान नदिएकै कारण महोत्तरीको औरही वजारको विकास हुन नसकेको नेकपा माओवादी केन्द्रका युवा नेता रामबाबु चौधरीले बताएका छन ।

आज विहान रेडियो रुपान्तरणद्धारा प्रसारित रुपान्तरण विमर्शमा कुराकानी गर्दै युवा नेता चौधरीले औरही वजारको चौतर्फी विकास नहुनुको पछाडि नगरपालिकाको कार्यालय, विद्यालय परिवार, जनप्रतिनिधी मुख्य जिम्मेवार रहेको जनाएका छन ।

चौधरीले कुराकानीको क्रममा अगाडि भने—‘यसभन्दा अगाडि आफुहरु ले औरही वजार विकासका निम्ति नगरप्रमुख सुनिल यादवलाई डेलिगेशन समेत बुझाएका थिए तर कुनै सुनवाई भएन ।

आवश्यक पूर्वाधार निर्माणको माग गर्दै २ करोड वरावरको वजेटको माग गरेतापनि अझ वजारक्षेत्रमा बर्षायाममा हिलोमै बसि सेवाग्राहीहरु कारोबार गर्न बाध्य भएका हुन ।’ वटटी दररेट लगायतका विषयमा नगर उपप्रमुखलाई अनुगमन गर्न आवश्यक छ तर त्यसो हुन नसकेको चौधरीले गुनासो पोख्नुभयो ।

वजार विकासका लागि सवैको सकारात्मक भुमिकाको अत्यन्त आवश्यक रहेकोले सवैलाई अगाडि बढनुको विकल्प नरहेको चौधरीले प्रतिक्रिया दिए । आज लाग्ने बजारमा पुर्ण रुपमा सुरक्षित एवम उपभोक्ता एवम व्यापारी मैत्री हुने भएकोले वजारमा सम्पूर्ण व्यापारी व्यवसायीलाई कारोवार गर्नका लागि उनले आग्रह गरेका छन ।

सरोकारवालापक्षले समयमै ध्यान नदिएकै कारण औरही वजारको विकास हुन नसकेको ः नेकपा नेता चौधरी

प्रतिक्रिया

सम्बन्धित समाचार