Thursday 6th of February 2025

शरणार्थी प्रकरण : टोपबहादुरका बाबु-छोराविरुद्ध पक्राउ पुर्जी जारी

0 Shares

काठमाडौं / नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरी परिसरले सांसदसमेत रहेका सचिव रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

बुधबार प्रहरीले जिल्ला अदालत काठमाडौंबाट नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लगेको विषयमा रायमाझीका बाबु-छोराविरुद्ध पक्राउ पुर्जीका लागि अनुमति लिएको हो। साथै प्रहरीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा विरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ।

प्रतिक्रिया