Saturday 15th of June 2024

झुल बितरण

0 Shares
महोत्तरी / राजकीय संस्कृत माध्यमिक बिद्यालय मटिहानीमा अध्ययनरत बिद्यार्थी(बटुक)हरुलाई आज मटिहानी नगरपालिकाको सहयोगमा झुल बितरण गरिएको छ ।
गर्मीयाम सँगै लामखुट्टेको प्रकोप बढ़न थालेपछि सो बिद्यालयको छात्राबासमा बस्दै आएका ४०(चालीस) जना बिद्यार्थी(बटुक)हरुलाई झुल दिएको छ ।
नेपालकै सबै भन्दा पुरानो रहेको सो बिद्यालयमा अध्ययनरत बिद्यार्थी(बटुक)हरुलाई झुल नहुँदा लामखुट्टेको प्रकोपले समस्या उत्पन्न भएको थियो ।
यसैबीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले एक समारोह बीच बिद्यार्थी(बटुक)हरुलाई झुल बितरण गर्नु भयो ।
सो अवसरमा उहाँले विद्यालयमा झुलको समस्या रहेको थाहा भएपछि तत्काल राहतका लागि बितरण गरिएको भन्नु भयो ।
उक्त झुल बितरण कार्यक्रममा शिक्षा संयोजक चन्देश्वर साह ,राजकीय संस्कृत माध्यमिक बिद्यालय मटिहानीका प्र.अ. ईश्वरी पौडेल , नेपाल television इटहरीका समाचार प्रशोता भुमिका पखरीन लगायत बिद्यालयका बिद्यार्थी (बटुक) हरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया