Sunday 16th of June 2024

विराटनगरबाट ५४ तोला सुन र साढे ७ लाख भारु रुपैयाँसहित दुई जना पक्राउ

0 Shares

विराटनगर / विराटनगरबाट अवैध ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँ बरामद गरेको छ । प्रहरीले सुन र नगदसहित कारोबारमा संलग्न २ जनालाई पनि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका छन् । विनोद मुरारका विराटनगरको केएल दुगर समूहका लेखापाल हुन् । पुष्पा भने नेपाली नागरिक हुन् । उनीहरूकाे साथबाट ८ किलाे चाँदी पनि बरामद भएको छ । प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।

काे २ च १४९५ नम्बरको कारमा भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् । बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ । कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले दिएको जानकारी अनुसार थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया