Sunday 16th of June 2024

४ वटा भारतीय मोटरसाईकल सहित मदिरा महोत्तरी प्रहरीको नियन्त्रणमा ।।

0 Shares

महोत्तरी / प्रहरीले ४ वटा भारतीय मोटरसाईकलमा लोड गरिएको मदिरा सहित दुई जनालाई पक्राउ गरिएको छ । जिल्लाको मनरा सिस्वा नगरपालिका १० बाट प्रहरीले ११ कार्टुन मदिरा लोड गरिएको ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाईकल सहित दुई जना तस्करहरुलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार वीआर ०६ वीके ५४३३, वीआर ३० भी ८०९५, वीआर ०६ एडब्ल्यु ८९१७ र वीआर ३० आर ०४३४ नम्बरको मोटरसाईकलमा लोड गरिएको सो परिमाणको सोफी नामक मदिराजन्य पदार्थ नियन्त्रणमा लिएको हो ।
प्रहरी गस्ति टोलीलाई देख्नासाथ मोटरसाईकल चालकहरु फरार भएका छन् । त्यस्तै घटनास्थलबाट पक्राउ परेका दुई जनाको सम्बन्धमा प्रहरीले विस्तृत विवरण खुलाएको छैन् ।
वरामद भएको मोटरसाईकलको वजारमुल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् ।
वरामद भएको मोटरसाईकल र मदिराको सम्बन्धमा आवश्यक कारबाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाईएको प्रवक्ता गिरीले बताएका छन् ।

 

प्रतिक्रिया