Monday 9th of December 2024

उपमेयर महतोको नेतृत्वमा कर छल्ने ४ वटा टिफरहरु प्रहरी नियन्त्रणमा ।।

0 Shares

गौशाला (महोत्तरी) : महोत्तरी ।
अवैध रुपमा नदीजन्य पदार्थ लोड गरि निकासी गरिरहेको अवस्थामा गौशाला नगरपालिकाले ४ वटा टिफरहरु नियन्त्रणमा लिएको छ । शुक्रवार गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतो नेतृत्वको टिमले गिटी वालुवा लोड गरिएको सो ४ वटा टिफरहरु एकैसाथ नियन्त्रणमा लिएको हो ।
गौशाला नगरप्रहरीले ना १ आ यो १६४, ना १ क ७८९९, ना १ अ यो १५६ र ना १ अ यो १३५ नम्बरको टिफरहरु नियन्त्रणमा लिएको छ । सो टिफरहरु अहिले प्रहरीको नियन्त्रणमा रहेको गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।
अवैध रुपमा नगरपालिकाको कर छली गरि चोरबाटो हुँदै टिफर लगिरहेको विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा सो टिफरहरु नियन्त्रणमा लिन सफल भएको नगर उपप्रमुख महतोले बताईन् । उनले भनिन्, ‘नगरपालिकाको निकासी रसिद नै नकाटी ४ वटा टिफरमा लोड भएको बालुवा गिटी गौशाला नगरपालिकाबाट निस्किएछ । क्रसर उद्योगहरुमा पता लगाउँदा कुनै सुईको पाईन् । पछि विशेष सुराकीको आधारमा अनुसन्धान गर्दा टिफरहरु एकाविहानै सम्सीतर्फ निस्किएको खवर वाहिर आएछ । सोही आधार नगरप्रहरी सहितको टिम लिएर टिफर पछयाउदा सम्सीबाट उक्त गाडीहरु नियन्त्रणमा लिएका हुन् ।’
। जय बालाजी ढुङ्गा, गिट्टी, बालुवा वासिङ्ग सेन्टर गौशाला १२ कान्तिबजारबाट गिटी बालुवा लोड गरी १२ वटा टिफर लगदै गरेकोको ४ वटा टिफरको नगरपालिकाको निकासी पुर्जी नै थिएन् ।
उपमेयर महतोले भनिन, ‘एउटा टिफरको निकासीमा नेपाल सरकारको २ हजार राजश्व उठछ, तर अहिले रसिदै नकाटि लगिरहेको सूचनाको आधारमा हामीले चेकजाँच गर्दा पक्राउ ग¥यौ । थाहा नपाउँदा त कति दिन लगेहोला त्यो थाहा नै छैन् । यसरी राजश्व छली अवैद्य रुपमा लगिने बालुवा गिटीले सरकारलाई वार्षिक रुपमा करोडौं नोकसानी हुन्छ, त्यसैले अनुगमनमा कडाई गरेको हौं । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’

प्रतिक्रिया