Wednesday 15th of January 2025

मापदण्ड भन्दा बाहिर खोला उत्खन्न गरे कानुन अनुसारको कार्वाही गरिने ः गौशाला नगरपालिका

0 Shares

गौशाला: महोत्तरीको गौशाला नगरपालिकाले मरहा खोला उत्खनन गर्न कडा निर्देशनका साथ सिमाङ्गन गरेको छ । गौशाला न.पा.ले विगतका वर्षमा मरहा खोला ठेक्का लगाए पश्चात क्रसर व्यवसायीले जथाभावी तबरले खोला उत्खनन गरी आमजनता देखी लिएर वातावरण समेतलाई असर पुग्ने गरी उत्खन्न गर्न थाले पछि गौशाला नगरपालिकाले यस पटक मरहा खोलालाई चार भागमा ठेक्का लगाएको छ ।

सोमबार मरहा खोलामा साईट नं. १, २, ३ र ४ लाई गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोको रोहबरमा प्राबिधिक टोली र खोला ठेक्का कबोल गरेको ठेक्केदारको उपस्थितिमा सिंमाङ्कन गरेका छन् । सिमाङ्कन गरेको एरिया भित्र उत्खन्न गर्न प्रत्येक दिन नगरप्रहरीको रोहबरमा उत्खन्न गरिने र नगरप्रहरीले प्रत्येक दिनको उत्खन्न भएको रिपोर्ट गौशाला नगरपालिकाको कार्यालयलाई बुझाउनु पर्नेे डा. महतोले बताए । महतोले खोलालाई व्यवस्थित तबरले उत्खनन गर्न बिहान ७ बजे देखी साँझ ७ बजेसम्म मात्र उत्खन्न गर्न पाईने र समय सिमा भन्दा बाहिर खोला भित्र कुनै पनि सवारी साधन प्रवेश गरेमा कानुन अनुसारको कार्वाही समेत गरिने बताए ।

सिमाङ्कन गर्न गएको टोलीमा वडा नं. १० का वडा अध्यक्ष मुकेश महतो, वडा नं. ११ का वडा अध्यक्ष तथा गौशाला नगरपालिकाका प्रवक्ता रामपृत महतो, ईलाका प्रहरी कार्यालयका प्रतिनिधि, सशस्त्र वेश क्याम्पका कार्यालय प्रमुख, नगरप्रहरीका टोली, स्थानीय, पत्रकारहरुको उपस्थितिमा सिमाङ्कन भएकोे छ ।

मरहा खोलाको साईट नं. १ र २ पौडेल निमार्ण सेवा, बर्दिवास–१ ले रु. ७०, ७०,३५३।५० लिएको छ भने साईट नं. ३ र ४ अनिष कन्स्ट्रक्सन जनकपुर–४ ले ९०,८१, ५२८।०० मा ठेक्का कबोल गरेको छ ।

प्रतिक्रिया