Saturday 15th of June 2024

निवर्तमान प्रदेश प्रमुख डा.अहिराजद्वारा शैक्षिक सामग्री वितरण

0 Shares

महोत्तरी / मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा.राजेश अहिराजले महोत्तरी जिल्लाको एक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन् ।

शुक्रबार डा.अहिराजले महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका वडा नं. १४ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसहित खेलकुद सामग्रीसमेत वितरण गरेका हुन् ।

उनले विद्यार्थीहरुलाई शैक्षिक सामग्री, २ वटा भलिबल, २ वटा फुटबल, रिवनलगायतका सामग्रीहरु वितरण गरेको शिक्षक तथा अभिभावक संघका अध्यक्ष परमेश्वर महतोले जानकारी दिएका छन् ।

महतोका अनुसार डा.अहिराजले विद्यार्थी शिक्षक÷शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारी लगायतलाई नेपालको झण्डा अंकित लोगोसहित सम्मान गरेका थिए ।

 
डा.अहिराजले शिक्षा क्षेत्रमा सुधार नभएसम्म समाज र देशको राजनीति नसुध्रिने धारणा राखेका थिए ।
प्रतिक्रिया