Saturday 20th of April 2024

सोनमा गा.पा.मा कुटपिटबाट एक युवक घाईते ।

0 Shares

महोत्तरीको सोनमा गा.पा.मा कुटपिटबाट एक युवक घाईते भएको छ । घाईते हुने सोनमा गा.पा. बस्ने वर्ष ३० को कमलेश मिश्र घाईते भएको छ ।
सोनमा गा.पा.मा प्रशासकिय अधिकृतको विषयलाई लिएर सोनमा गा.पा.मा वडाअध्यक्षहरु विरोध जनाए पछि सोनमा गा.पा.मा विवाद चरमसिमामा पुगेको छ । सोही विरोध कार्यक्रमको विषयलाई लिएर सोमबार साझ ६ बजे दुई पक्ष बीच झडप हुँदा कमलेश कुमार मिश्र घाईते भएको स्थानीयहरुले बताए । मंगलबार सोनमा गा.पा.–६ मा अवस्थित मंगलनाथ मन्दिर परिसरमा पुजा गराउन साझ ६ बजे गई रहेको समयमा कुशेश्वर यादव, सचिन्दर यादव, टुनटुन यादव, रोहन यादव, अमन यादवले कुटपिट गरी कमलेश कुमार घाईते भएको हो ।

घाईते भए पश्चात गाउँलेहरुले मगरथानाको प्राईभेट क्लिनिकमा प्राथमिक उपचार पछि गौशाला प्राथमिक हस्पिटल गौशालामा रेफर गरेका आफन्तहरुले बताए  । हाल अहिले मिश्रको उपचार पश्चात घर फर्केका छन् । यता मिश्रका आफन्तले ईलाका प्रहरी कार्यालयमा घटनाको विस्तृत जानकारी गराई निवेदन दिएका छन् । प्रहरीले घटनाको बारेमा  अनुसन्धान गरी रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

 

प्रतिक्रिया