औरही नगरपालिका भित्रका सबै विद्यालय बन्द

महोत्तरी – औरही नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएको छ ।

आइतबार बसेको सीसीएमसी निर्देशक समितिको निर्णयअनुसार वैशाख १४ गतेदेखि अर्को आदेश नभएसम्मका लागि भैातिक उपस्थितिमा हुने पठनपाठन बन्द गरिएको औरही नगरपालिकाका निम्ति प्रमुख प्रशासकीय अधिकृत नवीन न्यौपानेले  जानकारी दिए ।

नगरपालिकाको निर्देशन विपरित विद्यालयले पठनपाठन गरे, क्षतिको जिम्मेवारी विद्यालयका प्रधानाध्यापकले लिनुपर्ने उनको भनाइ छ ।

प्रदेश २ का जिल्लाहरु पनि कोरोनाको गम्भीर चपेटामा परेपछि विद्यालयहरु बन्द गर्न थालिएको छ । प्रदेश २ का धनुषा, सप्तरी, बारा, पर्सा लगायतका जिल्लामा विद्यालय बन्द भइसकेको छ । कोरोनाको दोस्रो लहरमा सबभन्दा बढी प्रभावित बालबालिका हुने भएकाले चिन्ता बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार