Saturday 20th of April 2024

कुनै शिक्षकलाई विद्यालय परिसरबाट वाहिर ननिकालिएको ः अध्यक्ष महतो

0 Shares

गौशाला :  विद्यालयका कुनै पनि शिक्षकहरुलाई विद्यालय परिसरबाट हात समातेर वाहिर ननिकालिएको श्री नेपाल राष्ट्रिय अाधारभुत कालिपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र महतोले स्वीकार गरेका छन् ।

विहीबार गौशाला नगरपालिका वडा नं. ११ स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय कालिपुरका व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र महतोले बताएका जनाएका छन् । नेपाल शिक्षक महासंघ महोत्तरी शाखाले विना आधारको पे्रस विज्ञप्ति जारी गरेर भ्रम फैलाउने कार्य गरेको धारणा राखेका छन् । अध्यक्ष महतोले शिक्षक हकहितको लागि अधिकार खोज्ने शिक्षक नेतालाई विद्यालयमा आएर सत्यतथ्य बुझेर अगाडि बढनका लागि आग्रह गरेका छन् ।

विद्यालयकी प्रधानाध्यापिका सुनिता देवी महतोले सरुवा भएको विद्यालयमा जानका लागि कुनै अप्ठयारो नभएको बताईन । पेशागत संघ, संगठनको आग्रह अनुसार आफु अहिलेसम्म नयाँ दरबन्दी कायम गरिएको स्थानमा हाजिरी हुन नसकेको उनले धारणा राखेकी हुन् ।

आफुहरुलाई कसैले पनि हातपात नगरेको र समातेर बाहिर नकिलिएको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय कालिपुरका प्र.अ. सुनिता देवी महतोले स्वीकार गरेकी छिन् । शिक्षकहरुलाई अन्यौलमा राखी भ्रामकपूर्ण विज्ञप्ति निकाली व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीलाई बदनाम गर्ने नियतले प्रेस विज्ञपती निकालेकोले यहाँका सम्पूर्ण स्थानीहरु विरोधमा उत्रन तयार रहेको बताएको छ ।

प्रतिक्रिया