Tuesday 11th of February 2025

गौशाला नगरपालिकाको उपमेयरले विना तथ्यको विवाद खडा गर्यो : मेयर महताे

0 Shares

गौशाला: गौशाला नगरपालिकाको उपमेयर रेणु महतोले अनावश्यक रुपमा विवाद सिर्जना गरिएको तथ्य सार्वजानिक भएको छ । वडा नं. २ का वडाअध्यक्ष श्याम मण्डल पत्रकारसँग कुराकानी गर्दै गाँउको विवादित जग्गालाई तोडमोड गर्दै उपमयेर महतोले विवादित विषय बनाएको छ । सोही जग्गाको सम्बन्धमा उपमयेरको कार्यकक्षमा छलफल गरिने क्रममा दुईतर्फी रुपमा समान्य चर्काचर्की मात्र भएको र पछि त्यस घटनालाई ज्यान मार्ने समेतका घटना भनि आरोप लगाउनु दुखद रहेको मण्डलले जनाएका छन् । कार्यकक्षमा भएको समान्य विवादलाई अनावश्यक रुपमा चर्चाको विषय बनाएर उपमेयरजस्तो गरिमामय पदको खिल्ली उडाएको उनले गुनासो पोखेका छन् ।
वडाअध्यक्ष मण्डलले भने, ‘म विवादित जग्गाको सम्बन्धमा बसेर छलफल गर्नुपर्यो भनेपछि उपमेयरले कार्यकक्षमा आउनका लागि आग्रह गरे । म तोकिएको समयमा गाँउका स्थानिय रामस्नेही मण्डललाई लिएर उपमेयर कार्यकक्षमा एक छिन बसे । उनको कार्यकक्षमा वाहिरको मान्छे रहेको समयमा मैले वैठककक्षमा जाँउभन्दा उपमेयरले यहि बसेर छलफल गर्नका लागि आग्रह गरे । मैले त्यहि बसेर छलफल प्रक्रिया अगाडि बढाए । सोही क्रममा मेरो र उपमेयरवीचमा समान्य भनाभन भयो । सोही क्रममा उपमेयरका श्रीमान् दिपेन्द्र महतोले आवेशमा आएर ठाडो भाषाको प्रयोग गर्न थाल्यो । त्यसपछि मैले उनलाई आधिकारीक व्यक्ति तपाई होईन् भन्दै सचेत गराउँदै वीचमा नवोल्नका लागि आग्रह गर्दा समेत दिपेन्द्र महतो विवादमा आएर वोल्न थाले । नभन्दै दिपेन्द्रले उपमेयरको कार्यकक्षको ढोका बन्द गर्न लाग्दा मैले तत्काल रोक्न पुगे । सोही क्रममा केही समय दुईतर्फी रुपमा ढोका तनातनको अवस्था सिर्जना भएको थियो । अन्ततः ढोका बन्द गर्ने प्रयास असफल भएपछि उपमेयरका श्रीमान् कार्यकक्षमा पुनः फर्किए । त्यसपछि मैले घटनाको यथार्थ बुझ्नका लागि जग्गामा संरचना बनाउनका लागि ठेक्का लिएका ठेकेदार सुरेन्द्र महतोलाई वोलाउँदा विवादित जग्गाको विषयमा उच्च अदालत, पुनरावेदनले समेत नगरपालिलाको पक्षमा फैसला सुनाई दिएको सुरेन्द्र महतोले बताएको छ । सोहि विषयमा समान्य रुपमा भनाभन मात्र भएको हो । यसमा ज्यानै मार्ने समेत धम्की कहिकतैबाट आएको छैन् ।’


समान्य घटनालाई विवादित बनाउनु पछाडि पुरानो रिसईवी रहेको ः मेयर महतो
नगरपालिकामा घटेको यस घटनालाई निराकरण गर्नका लागि आफु तयार रहेको गौशाला नगरपालिकाको मेयर डा. दिपेन्द्र महतोले बताएका छन् । आफ्नो अनुपस्थितीमा नगरपालिकामा घटेको घटनाको सम्बन्धमा उपमेयरको पक्षबाट कुनै किसिमको आधिकारीक रुपमा जानकारी प्राप्त नभएको मेयर डा. महतोले बताए । घटना घटेको एकसाता वित्दा समेत उपमयेरले समस्या समाधानको वाटो निकाल्नुको सट्टा आवेशमा आएर नगरको वदनाम गर्ने खेलमा लागेकोप्रति मेयर महतोले आपति प्रकट गरेका छन् । उपमेयर र वडाअध्यक्षवीच भएको विवाद साम्य पार्नका लागि तत्कालै कार्यपालिकाको वैठकबाट महत्वपुर्ण निर्णय गर्न सकिने ठोस आधार हुँदाहुँदै उपमेयर अझ सम्पर्कमा आउन नसकेको मेयर महतोले बताए । उपमेयर पछिल्लो समयमा घटेको राजनितीक मुद्दालाई आड बनाएर आफुमाथि गलत आरोप लगाउँदै आएको मेयरको भनाई रहेको छ ।
मेयर महतोले भने, ‘पछिल्लो समयमा घटेको घटना पुर्वनियोजित तरिकाको रहेको छ । यस विवादमा उपमेयरलाई अगाडि ल्याउनका लागि गौशाला नगरपालिका वडा नं. का वडाअध्यक्ष नवीन साह, गौशालाका क्रसर व्यवसायी प्रमोदकुमार महतो समेतको संलग्ता रहेको छ । उनीहरुकै सल्लाहअनुसार उपयमेरले मेरो नाम विना कारण जोडेको छ । यो एउटा पुर्वनियोजित तरिकाले घटेको घटना हो ।’
आफु अनुपस्थित रहेको घटनामा आफ्नो नाम जोडनुको मुख्य कारणहरु तपशिल अनुसारको रहेको छ ः
१. त्रिभुवन मावि गौशालाको विद्यालय व्यवस्थापन समितिमा प्रमोद महतोको नाम चयन नहुनु ।
२. खोला ठेक्का लाग्दा प्रमोद महतोले संचालनमा ल्याएको शिवम वासिंग सेन्टरको नाम छनौट नहुनु ।
३. नगर प्रहरी उपर भएको हातपातमा प्रमोद महतोलाई नगरपालिकाले छुट नदिनु ।
४. वडाअध्यक्ष नविन साहले ईन्जिनियरमाथि गरिएको हातपात प्रयासको घटनामा आफुले कर्मचारीको पक्षमा वोल्नु ।
५. नगरपालिकाले गरेको ९९ जना शिक्षक सरुवाको सम्बन्धमा उपमेयर रेणु महतो र वडाअध्यक्ष नविन साहको असन्तुष्ट रहनु ।
६. उपमेयर र वडाअध्यक्षले नगरपालिकाको विरोधमा शिक्षकहरुको आन्दोलनलाई समर्थन गर्नु ।
७. उपमेयर र वडा अध्यक्ष बीच भएको घटना उपर प्रमोद महतोले रेडियो रुपान्तरणका संचारकर्मी माथि सामाचार बनाउन अभद्रशैलीपूर्ण समाजिक संजालमा प्रस्तुत हुनु

(कुराकानीमा आधारित । )

dfd

प्रतिक्रिया