सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

रामनारायण यादव, सप्तरी । सप्तरीमा करेन्ट लागेर  एक जनाको मृत्यु भएको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर १ तेतरियाका भगाई सदाईको १६ वर्षीय छोरा रामु सदालाई मोबाईल चार्च गर्ने क्रममा करेन्ट लागदाँ मृत्यु भएको हो ।

बुधबार दिउँसो १ बजेको समयमा मोबाईल चार्जमा लगाउने क्रमा उनको बायाँ हातको औलामा करेन्ट लागि घाईते भई उपचारको लागी राउ अस्पताल लहान सिराहा लैजादै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एम् डिएसपी माधव प्रसाद  काफ्लेले जानकारी दिनुभयो ।

घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाकारी दिनुभयो । लाश पोष्टमाका लागि रा उ अस्पताल लहान सिराहामा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाकारी दिनुभयो ।

प्रतिक्रिया