Wednesday 15th of January 2025

नेतामा ईमान्दारीता देखिएन् ः गृहमन्त्री श्रेष्ठ ॥

0 Shares

महाेत्तरि:जनताको समस्या सम्बोधन गर्ने क्रममा नेताहरु ईमानदार नभईदिदा आमनागरिक सुशासनको अनुभव प्राप्त गर्न नसकेको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । शनिवार महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ८ टिकुलिया वजारमा नवनिर्मित वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका छन् ।
अचेलका नेताहरु पदीय जिम्मेवार निर्वाह गर्न नसक्दा देशका नागरिक वास्तविक रुपमा सुशासनको अनुभव पाउनबाट वन्चित भएको मन्त्री श्रेष्ठले धारणा राखेका छन् ।
मन्त्री श्रेष्ठले भने, ‘जनप्रतिनिधी समेत यस्ता कार्य गर्नबाट चुकेका छन् । उनीहरुले पदीय जिम्मेवारी अनुरुप जनताको काम गर्न सकेका छैनन् । जसले निमुखा नागरिकहरुको समस्या ज्युँ का त्युँ रहेका छन् ।’
एक अर्र्को प्रसङ्गमा गृहमन्त्री श्रेष्ठले भने, ‘काइते कुरा गरेर कुनै पनि प्रहरीले पीडितलाई थप पीडा दिएको छ भने हामीलाई उजुरी दिनुस् हामी तत्कालै त्यस्तालाई कारबाही गर्नेछौ ।’
मिटरब्याजी पीडितका लागि जनप्रतिनिधिहरूले एजेन्डा बनाउन नसकेकोप्रति पनि गृहमन्त्री श्रेष्ठले गुनासो पोखेका छन् ।
कार्यक्रमकाबीच पूर्वमन्त्री गिरीराजमणि पोखरेल, प्रदेशसभा सदस्य भरत साह लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया