Thursday 20th of June 2024

नागरिकता विधेयक कार्यान्वयनमा रोक लागेपछि गौशालामा नेकपा माओवादी पार्टीको प्रदर्शन

0 Shares

महोत्तरी/राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते प्रमाणीकरण गरेका नागरिकता विधेयकलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि असन्तुष्टि जनाउदै महोत्तरीमा नेकपा माओवादी पार्टीले विरोध प्रदर्शन गरेको छ । जिल्लाको गौशाला नगरपालिका वडा न. ५ बजार स्थित बुधबार बजारभरि परिक्रमा गरि विरोध प्रदर्शन गरिएको हो ।

गौशाला बजारभरि गरिएको प्रदर्शनमा सहभागीहरुले ‘जन्मसिद्ध नागरिकता भएको सन्तानलाई वंशज नागरिकता व्यवस्था लागु गर , नागरिकता प्रमाणीकरण विरोधीहरु मुर्दावाद , भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने गिरोहलाई कारवाही गर’ लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा नेकपा माओवादीका नेता विष्णु लामा , गौशाला नगरपालिकाका पुर्व नगरप्रमुख शिवनाथ महतो लगायत पार्टीका विभिन्न कार्यकर्ताहरुको सहभगिता रहेको थियो ।

प्रतिक्रिया