Monday 9th of December 2024

अवोध वालवालिका प्रयोग गदैै नगरपालिकाको कार्यालयमा तालाबन्दी ॥

0 Shares

कक्षाकोठामा पढनमा व्यस्त रहेको विद्यार्थीलाई उस्काएर स्थानिय राजनितीकर्मी तथा जनप्रतिनिधीले गौशाला नगरपालिको कार्यालयमा तालाबन्दी गराईएको छ । विहीबार गौशाला नगरपालिकाको कार्यालयमा अवोध विद्यार्थीलाई प्रयोग गर्दै नगरपालिकाको कार्यालयमा ल्याए केही राजनितीक दलका व्यक्तिहरुले तालाबन्दी गराएका हुन् । स्थानिय श्री माध्यमिक विद्यालय रामनगरमा कक्षा ८, ९ र १० मा पढनमा व्यस्त रहेको विद्यार्थीहरुलाई गाडीमा चढाएर जर्वजस्ती आन्दोलन  गर्नका लागि उस्काएको हो ।
गौशाला नगरपालिका पुगेका विद्यार्थीहरुलाई राजनितीक दलका प्रतिनिधीहरुले नै तालाबन्दी गर्न उस्काएका थिए । विद्यार्थीहरुले लगाईएको ताला करिब २ घण्टापछि खोलाइएको हो ।


गौशाला नगरपालिका वडा न. १ का वडा अध्यक्ष नविन साहले नगरपालिकाले हालै गरिएको शिक्षक सरुवाप्रति  असहमति जनाएको छ । उनले भने, .‘नगर प्रमुख डा. दिपेन्द्र महतोले एकलौटी ढंगले शिक्षक सरुवा गरिएको हो । जुन हाम्रो वडाको हितमा अमान्य रहेको छ । शिक्षक सरुवाले यहाँको शैक्षिक महौल विग्रिएको छ । शिक्षक सरुवा सबैको सहमति, उचित व्यवस्थापन र पारदर्शी तरिकाले भएमा मात्र आफुहरुलाई स्वीकार्य हुनेछ ।’
यससम्बन्धमा गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले पढन आएको कलिला विद्यार्थीलाई कसैले उक्साएर आन्दोलन गर्न लगाउनु सरासर गलत रहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘विना कारण विद्यार्थीलाई सडकमा उतारिएको छ । यस कार्यमा नगरका केही जननिर्वाचित प्रतिनिधी र राजनितीकर्मीको हात रहेको छ । जुन विद्यार्थीको भविष्य संग प्रत्यक्ष रुपमा खेलवाड गरि गम्भीर किसिमको समाजिक अपराध गरेको छ । यसको भागिदार उनीहरुलाई लिनुपर्छ ।’
आफुले नगरभरिका सामुदायिक विद्यालयमा राजनितीक प्रवेशमा निषेध गरेको जनाउँदै नगरप्रमुख महतोले भने, ‘यो विद्यार्थीको आन्दोलन नै होइन । यसमा राजनितीक स्वार्थ रहेको छ । विगतमा रहेको केही शिक्षक नेता र नगरपालिकाबीचमा विचार नमिलेपछि उव्जिएको आन्दोलन हो । यसमा विद्यार्थी संलग्न गराउनु सरासर गलत हो । यस कार्यमा संलग्न जो कोहीलाई कानुन  अनुुसारको कारवाहीको भागिदार हुनुपर्दछ ।’
पढिरहेको विद्यार्थीलाई जर्वजस्ती प्रयोग गरियो ः प्रधानाध्यापक पासवान
विद्यालयका प्रधानाध्यापक विश्वनाथ पासवानले स्थानिय जनप्रतिनिधी सम्मिलित राजनितीकर्मीहरुले कक्षाकोठामा पढनमा व्यस्त रहेको विद्यार्थीलाई जर्वजस्ती आन्दोलनमा उतारिएको प्रतिक्रिया दिएका छन् । प्रधानाध्यापक पासवानले दिएको जानकारी अनुसार वडा नं. १ का वडाअध्यक्ष नविन साह, उपमेयरका श्रीमान् दिपेन्द्र महतो लगायतका स्थानिय राजनितीकर्मीले कक्षाकोठामा पढिरहेका विद्यार्थीलाई गाडीमा चढाई नगरपालिकामा लगि तालावन्दी गराईएको हो ।
उनले भने, ‘विद्यालय संचालनको अन्तिम घडीमा वडाअध्यक्ष साहले विद्यार्थी माग्दा मैले अस्वीकार गरेका थिए । पछि एक घण्टी पढाउन वाँकी रहेको समयमा आफुलाई जानकारी समेत नदिईकन विद्यार्थीलाई गाडीमा चढाई आन्दोलनमा उतारेको हो । कक्षाकोठामा विद्यार्थीहरुको पढाईप्रति कुनै गुनासो नै छैन् । यस विद्यालयमा पछिल्लो समयमा प्रत्यक्ष रुपमा राजनितीकदल हावी भएपछि शैक्षिक क्रियाकलाप भने अस्तव्यस्त भएको हो ।’

प्रतिक्रिया