Sunday 16th of June 2024

महोत्तरीको सोनमा गाउँपालिकामा दादुरा अभिमुखि कार्यक्रम सम्पन्न

0 Shares

महोत्तरीको सोनमा गाउँपालिकामा दादुरा अभिमुखि कार्यक्रम सम्पन्न भएको छ । आज दिउँसो सोनमा गाउँपालिकाको सभाहौलमा भएको एक दिने अभिमुखि कार्यक्रममा सोनमा गाउँपालिकाको स्वास्थ्य कर्मचारीहरुले गाउँपालिका भित्र दादुराका विरामीहरुदेखा नपरेपनि खोप लगाउन तथा खोजी कार्य अगाडी बढाई दादुरा मुक्त पालिका बनाउन एक दिने अभिमुखि कार्यक्रम सम्पन्नभएको छ ।
अभिमुखि कार्यक्रममा सोनमा गाउँपालिकाको अध्यक्ष विशेश्वर यादवले हालसम्म हाम्रो गाउँपालिकाको कुनै पनि वडामा दादुराको बिरामी फेला नपरेकोले गाउँपालिका भित्र रहेका बालवालिकालाई अनिवार्यरुपले दादुराको खोप लगाउन जनसमुदायलाई आग्रह गरेकाछन् । सोनमा गाउँपालिका छिमेकी राष्ट्र भारतको सिमानाका संयुक्त भएकोले भारतबाट पनि दादुरा रोग सर्न सक्ने खतरा भएकोले एउटा पनि वालवालिका नछुटने गरी खोप दिवसलाई सफल बनाउन सबैमा जानकारी गराए ।
कार्यक्रममा स्वास्थ्य संयोजक जितेन्द्र कुमार साह र सह–संयोजक पप्पु कुमार यादवले यसै महिनाको ४ गते देखी ८ गतेसम्म ६ महिना देखी १५ महिना मुनिका बालवालिकालाई सम्बन्धित खोपकेन्द्रमा गई दादुरा सम्बन्धि खोप तथा भिटामिन ए ट्याबलेट खुवाउन अनुरोध गरेको छ साथै  दादुरा र रुवेला रोग कोरोना भाइरसभन्दा पनि तीव्र गतिले फैलिनाका साथै मृत्युदर पनि उच्च रहेको छ। एकजना दादुरा संक्रमितले १८ जनासम्ममा रोग सार्न सक्ने जानकारी दिए ।
सो कार्यक्रममा गा.पा.भित्र रहेका सामुदायिक विद्यालयहरुका शिक्षक, शिक्षिकाहरुसंग वालबालिकाको सम्पर्क रहेको कारण सम्पूर्ण विद्यालयका शिक्षक र शिक्षिकाहरुलाई यस अभियानमा सहभागी भई खोप अभियान सफल बनाउन प्रमुख प्रशासकिय अधिकृत सन्तोष मिश्रले बताएको छ ।
सो कार्यक्रममा गाउँपालिका उपप्रमुख जहिदा खातुन, शिक्षा संयोजक राज कुमार साह,मा.वि. खखनाका शिक्षक रामविनय यादव सहितले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया