कोरोना प्रभाव ः गौशाला नगरपालिकाका विद्यालय अनिश्चितकालिन बन्द

गौशाला । महोत्तरीको गौशाला नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालय बन्द गरिएका छन् ।

कोरोनाको नयाँ भेरियनटस सहितको संक्रमण तीव्र गतिले फैलिरहेको हुनाले नगरपालिकाको बुधबार (२०७८÷०१÷१५ गते) गरेको निर्णयानुसार नगरपालिकाभित्रका विद्यालयमा बिहिबार (बैशाख १६) देखि अर्को आदेश नहुन्जेलसम्मका लागि भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा अधिकृत संजय कुमार सिंहले जानकारी दिए ।

नगरपालिकाको निर्देशन विपरित विद्यालयले पठनपाठन गरे, क्षतिको जिम्मेवारी विद्यालयका प्रधानाध्यापकले लिनुपर्ने उनको भनाइ छ ।

प्रदेश २ का जिल्लाहरु पनि कोरोनाको गम्भीर चपेटामा परेपछि विद्यालयहरु बन्द गर्न थालिएको छ । प्रदेश २ का धनुषा, सप्तरी, बारा, पर्सा लगायतका जिल्लामा विद्यालय बन्द भइसकेको छ । कोरोनाको दोस्रो लहरमा सबभन्दा बढी प्रभावित बालबालिका हुने भएकाले चिन्ता बढाएको छ ।

प्रतिक्रिया