Saturday 15th of June 2024

गौशाला न.पा. भित्र रहेको लघुवित्तिय संस्थाहरुमा तोडफोड सहित तालाबन्दी

0 Shares

गौशाला: महोत्तरीको प्रमुख व्यापारी केन्द्र गौशाला न.पा. स्थित रहेको लघुवित्त संस्थाहरुले ज्यादती गरेको भन्दै आईतबार किसान मजदुर संघर्ष समिति नेपालद्वारा तालाबन्दि गरेको छ ।
आईतबार गौशाला न.पा. लगायत छिमेकी न.पा.,गा.पा.बाट सयौंको संख्यामा आएका आन्दोलनकारीहरुले करिब दुई दर्जन भन्दा लघुवित्त संस्थाहरुमा तोडफोड गर्नुका साथै ताल्चा लगाएका छन् ।
आन्दोलनकारीहरुले पाँच बुदे माग सहित लघुवित्त पीडित महिलाहरुले लघुवित्तिय संस्था विरुद्धमा चर्को नारा लगाउदै विरोध प्रदर्शन गरेका छ्न ।

नव सामान्तीको रुपमा स्थापित लगुवित्तिय संस्थाहरु खारेज गर, लगुवित्तिय संस्थाहरुद्वारा लगाएको सामुहिक ऋण मिनहा गर, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर, आबश्यकता र क्षमतामा आधारित काम र दामको व्यबस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर, लघुवित्त संस्थाहरुको ज्यादती विरुद्ध एकजुट होऔं भन्ने विभिन्न नारा लगाउदै संयोजक रामबाबु महतोको नेतृत्वमा गौशाला बजारदेखि निकालिएको विरोध ¥याली बजारको परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै बक्ताहरुले लघुवित्तिय संस्थाहरुले दिएको तनावले महिलाहरूलाई आत्माहत्या गर्न बाध्य पारेको बताए । उनीहरुले लघुवित्तको ज्यादतीले ज्यान गुमाएका परिवारलाई क्षतिपूर्तिको माग गरे । वक्ताहरुले लघुवित्तकर्मीहरुले जिउ बेचेर, किड्नी बेचेर वा कुनै अबैध धन्दा गरेर भएपनि किस्ता बुझाउन दवाव दिएपछि दुर्ववहारको पिडाले झुन्डिएर र आप्mनै शरीरमा आगो लगाएर महिलाहरूलाई आत्माहत्या गर्नु बाध्य बनाउने लघुवित्तिय संस्थाहरुलाई खारेज गर्नुपर्नेमा जोड दिए । उनिहरुले तोकिएको समयमा कहिलेकाही किस्ता तिर्ने रकम नहुदा घरको सरसम्मान उठाउने तथा अभद्र व्यवहार गर्ने गरेकाले आन्दोलनमा उत्रिनु बाध्य भएको बताए । महतोले यो पहिलो चरनको आन्दोलन भएकोले यस पछि दश प्रतिशतमा कर्जा उपलब्ध गराएर १८ प्रतिशतसम्म ब्याज लिने ‘क’ र ‘ख’ वर्गका बैंकहरुमा तालाबन्दि गर्ने योजना रहेको महतोले बताए ।


यता लघुवित्त संस्थाहरुमा तोडफोड तथा ताल्चा लगाउने कार्य गैरकानुनी भएकोले त्यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानुनको दायरामा ल्याई कानुन अनुसारको कडा कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताएका छन् ।

 

 

प्रतिक्रिया