Tuesday 11th of February 2025

महाेत्तरिकाे रामगाेपालपुर न.पा. मा चल्याे गाेलि

0 Shares

जयकिशाेर कुशवाहा

रामगोपालपुर नगरपालिका वडा न. १ बसबिट्टि बजार बस्ने ३८ वर्षीय कौशल मण्डलले सोही ठाउँ बस्ने ४४ वर्षीय श्रवण यादव माथि गोली प्रहार गरेको छ।

दुइ राउन्ड गरेको गोली प्रहारमा यादवको कन्चट नजिक र अर्को राउण्ड दाहिने कुमको माथी गोली लागि गम्भीर घाईते भएको छ।
उनलाई उपचारका लागि जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुरमा लगिएपनि उपचार सम्भाव नभए पछि थप उपचारको लागि जनकपुर स्थित जानकी हेल्थमा पठाइएको छ।
गोलि प्रहार गर्ने कौशल मण्डल र निजले प्रयोग गरेको पेस्तोल गोलिको खोका ३ थान सहित प्रहरीले पक्राउ गरेको छ।
ईलाका प्रहरी कर्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुमन सिंहले हतियार चलाउने मण्डललाई पक्राउ गरी कारबाहीको जिल्ला प्रहरी कार्यालय महोत्तरी पठाएकाे जानकारी दिए ।

प्रतिक्रिया