
सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालीका बस्ने १८ बर्षिय मुकेश राउतको दुबै मृगौलाले काम गर्न छोडेपछि परिवार समस्यामा परेको छ । चन्द्रनगर २ बबरगञ्ज निवासि रुदल राउतका छोरा मुकेशको दुबै मृगौला फेल भएपछि यतिबेला भरतपुर हस्पिटल छन् ।
आमाले सानैमा छोडेर टुहुरो भएका मुकेशलाई दैवले पुनः एक पटक मृत्यु सँग जुधाईरहेको छ । ज्याला मजदुरि गरेर जसो तसो जिवीकोपार्जन गर्दै आएको राउत परिवार छोरोको अवस्था देखेर अत्ताल्लिएको छ । पुरानो हस्पिटलको २०९ नम्बरको बेडमा छटपटाई रहेका मुकेशको केहि दिन पछि शल्यकृया गर्नुपर्छ भनेर चिकित्सकले भनेका छन तर पैसा कसरि जुटाउने ठेगान छैन् ।
करिव ३ धुर घडेरि भएको राउत परिवार यतिबेला समस्यामा परेको छ । मानवताको नाताले भएपनी मृत्युसँग लडिरहेको आफ्नो छोराको ज्यान बचाउन सहयोग गरिदिनका लागी राउत परिवारले दयालु मनहरुसँग बिन्ति गरेको छ ।
प्रतिक्रिया