Tuesday 11th of February 2025

सम्सी गाँउपालिकाका लेखापाल रोशन राउत घुस रकम सहित पक्राउ

0 Shares

धनवीर महतो
महोत्तरी / एक जना सेवाग्राहीसँग काम गराईदिन्छु भन्दै १ लाख २५ हजार रकम लिदै गरेको अवस्थामा सम्सी गाँउपालिकाका लेखापाल रोशन राउत पक्राउ परेका छन् । लेखापाल राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासको टोलीले घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
वुधबार कार्यालयको समयमै आफनै कार्यकक्षमा एक जना सेवाग्राहीसँग रकम लिईरहेको अवस्थामा राउतलाई रंगेहात नियन्त्रणमा लिएको हो ।
त्यस्तै सो कार्यमा लेखापाल राउतलाई सहयोग गरेको भन्दै कार्यालयका सहयोगी घरिन यादवलाई समेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका राउत र यादवलाई आवश्यक अनुसन्धानको लागि वर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालयमा राखिएको सुचना अधिकारी कृष्णप्रसाद हुमागाईले बताए । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय वर्दिवास स्रोतले जनाएको छ ।

प्रतिक्रिया