Sunday 16th of June 2024

आजदेखि जयनगरबाट भंगहासम्म रेल सेवा प्रारम्भ

0 Shares

टुडेपाटी-
जनकपुरधाम /
महोत्तरीको भंगहादेखि जयनगरसम्म रेलसेवा आजदेखि प्रारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा जयनगर रेल सेवाको उद्घाटन गरेका हुन् ।


आज दिउँसो १ः३० बजे भंगहा रेल्वे स्टेशनमा मन्त्री ज्वालाले हरियो झण्डा हल्लाएपछि रेल जयनगरका लागि गुडेको हो ।

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल थप १७ किलोमिटर सेवा विस्तार गरेको हो । जनकपुरधामको कुर्था जक्सनदेखि महोत्तरीको भंगहासम्म रोल सेवा संचालनमा आए भंगहासम्म सेवा विस्तार गर्न रेललाई नव दुल्ही झै सृंगारिएको थियो । रेल हेर्न स्थानीयको घुँइचो लागेको थियो ।

यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो । थप १७ किलोमिटर भएपछि अब महोत्तरीको भंगहादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा रेल सेवा विस्तार भएको हो ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको रेलको थप १७ किलोमिटर भागको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई जेठ १८ गते हस्तान्तरण गरेको थियो ।

ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि कुर्थादेखि जयनगरसम्म संचालनमा आएको थियो । सुरुमा दुईपटक मात्र सेवा दिने गरेको रेल गत मंसिरमा विवाहपञ्चमीको बेलादेखि दिनको आउने जाने गरी चारपटक संचालनमा थियो । भोलिदेखि भने थप सेवा विस्तार गरी दैनिक दुबै रेल तीनपटक आउने र जाने गरी ६ पटक सेवा दिने नेपाल रेल्वे विभागका महाप्रवन्धक निरञ्जन झाले झाले बताए । भंगहा स्टेशनबाट मात्र दिनको दुईपटक आर्थात साँझ र विहान सेवा दिने छ ।

उदघाटन समारोहमा मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्र गोबिन्द न्यौपाने, भंगहा नगरपालिकाका मेयर संजिव साह, भारतीय राजदुताबासका प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रतिक्रिया