Sunday 16th of June 2024

मधेश प्रदेश: नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

0 Shares

टुडेपाटी–
जनकपुरधाम /
मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

काँग्रेसका सांसद मो. समिम गृह सञ्चार तथा कानुन र जनमतका पार्टीका चन्दन सिंर्ह श्रम तथा यातायात मन्त्रीको रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

नव नियुक्त दुबै मन्त्रीले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेसँगै पुर्णतापाएपनि एक मन्त्री विना विभागीय रहेका छन् ।

सामाजिक विकास मन्त्रीबाट विना विभागीय मन्त्री भएकी सुरीता साहलाई अहिलेपनि विना विभागीय राखिएको छ ।

प्रतिक्रिया