
रामनारायण यादव, सप्तरी । कोरोना भाइरस संक्रमणका कारण सप्तरीका एक २४ वर्षीय युवकको मृत्यु भएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान स्थित कोभिड अस्पतालमा उपचारार्थ भर्ना रहेका सप्तरीको अग्निसाइर कृष्णासवर गाउँपालिका वडा नम्वर ५ का युवकको आज ९बिहिवार० विहान मृत्यु भएको हो ।
वैशाख ९ गते संक्रमण पुष्टि पुष्टि भएपछि उनलाई १३ गते प्रतिष्ठानस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मधुमेहका विरामी समेत रहेका युवकको उपचारकै क्रममा विहान १२ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया