Friday 14th of June 2024

गौशालामा मालपोत र नापी कार्यालयमा यथासिघ्र सेवा सुचारुका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

0 Shares

धनवीर महतो
काठमाण्डौ / महोत्तरीको गौशालामा स्थापना भएको एकीकृत सेवा केन्द्र अन्र्तगत मालपोत र नापी कार्यालयमा यथासिघ्र सेवा सुचारुका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाई्रएको छ ।

May be an image of 11 people, dais and textसोमबार प्रधानमन्त्री कार्यालय पुगेका महोत्तरीका सर्वदलीय टोलीको तर्फबाट पुर्वसभासद सीताराम भण्डारीले सो ज्ञापनपत्र प्रधानमन्त्री प्रचण्डलाईं बुझाईएको हो ।

May be an image of 8 people, people studying and table
गौशालाबाट आएको पूर्वसभासद, जनप्रतिनिधी, व्यापारी तथा राजनितीकदलका प्रतिनिधीहरुले सो ज्ञापनपत्र बुझाईएको हो । गौशाला नगरपालिका, औरही नगरपालिका र सोनमा गाउँपालिकाको नापी र मालपोतको सेवा गौशालाबाट संचालन गर्नुपर्ने सो भेटको क्रममा टोलीले प्रधानमन्त्रीलाई जानकारी गराएको थियो ।

May be an image of 9 people and dais
यता रामगोपालपुर नगरपालिका र सम्सी गाउपालिकाको सेवा रामगोपालपुरबाट संचालन गर्नका लागि प्रधानमन्त्री समक्ष जानकारी गराईएको टोलीमा सहभागी पुर्व साँसद गिरीराजमणि पोखरेलले जानकारी गराएका छन् ।

May be an image of 7 people and dais
भेटको क्रममा प्रधानमन्त्रीले सकभर चाँडै नै सेवा संचालनमा आउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

फोटो सभार : पूर्व साँसद गिरीराजमणि पोखरेलको फेसवुकवालबाट ।

 

 

प्रतिक्रिया