Sunday 16th of June 2024

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्यो, तीन जना घाइते

0 Shares

काठमाण्डाै – सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् ।

राजमार्गको बुटवल पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३ मा रहेको सिद्धबाबा क्षेत्र हेडबक्स नजिकै रहेको नाग मन्दिर अगाडि  बिहान लु २ च २८४९ नम्बरको जीपमाथि ढुङ्गासहितको पहिरो खस्दा चालकसहित तीन जना घाइते भएका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ढुङ्गासहितको पहिरोले जीपको अगाडि भागमा पूर्णरुपले क्षति पुगेको छ । पहिरोका कारण केहीबेर राजमार्गको बुटवल–पाल्पा सडक अवरुद्ध भए पनि अहिले खुलिसकेको ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

प्रतिक्रिया