Sunday 16th of June 2024

महोत्तरीको गौशालामा आगलगी, आगलगीबाट १२ लाखको क्षति

0 Shares

गौशाला ः महोत्तरीको गौशाला नगरपालिका स्थित बजार भित्र रहेको एक अफसेट पसलमा आगलगी भएको छ ।
गौशाला नगरपालिका वडा नं. ५ पुलचौक जाने बाटोमा रहेको भवनमा भाडा लिई संचालन गरेको ओम प्रकाश गुप्ता (चन्दन गुप्ता) को हिमालय अफसेट प्रेसमा आगलगी हुँदा लगभग १२ लाख बराबरको मेसिन तथा अन्य सामग्री जलेर क्षति भएको छ ।


पसल संचालक चन्दन साहको अनुसार रातीदेखी नै बिजुलि अवरुद्ध रहेको र विहान एक्कासी अत्यधिक हाई भोल्टेजको कारण विद्युत सर्टसर्किट भई पसलमा आगो लागी पसल भित्र रहेको अफसेट मेसिन सहित अन्य सामग्री जलेर नष्ट हुँदा कम्तीमा १२ लाख बराबर क्षति भएको बताए ।


पसलमा लागेको आगो विहान मोर्निङ्ग वाकमा निस्केको व्यक्तिहरुले पसल भित्रबाट आगो र धुवाँको मुस्लोधार देखे पछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीको टोली र स्थानीयको सहायताले आगोलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले बताए ।
आगलगीबाट मानवीय क्षति नभएको र आगलगीको मुख्य कारण विद्युतको सर्टसर्किटबाट भएको बताए ।

प्रतिक्रिया