Thursday 6th of February 2025

भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलसहित विश्वकपको ९ खेलको तालिका परिवर्तन

0 Shares

काठमाडौं / आइसिसी पुरुष क्रिकेट विश्वकपमा आयोजक भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेलसहित ९ खेलको तालिका परिवर्तन गरिएको छ।

भारत र पाकिस्तानबीचको भिडन्त सुरुमा १५ अक्टोबर आइतबार अहमदाबादमा हुने भनिएको थियो, तर यसलाई एक दिन अघि सारिएको छ। अब शनिबार अक्टोबर १४ मा सोही स्थानमा भारत र पाकिस्तानबीच खेल हुनेछ।

फलस्वरूप इङ्गल्याण्डको अफगानिस्तानविरुद्ध दिल्लीमा हुने भनिएको खेल शनिबार अक्टोबर १४ बाट सारिएको छ। अब यो खेल आइतबार, १५ अक्टोबरमा खेलिनेछ।

हैदरावादमा श्रीलंकासँगको पाकिस्तानको भिडन्त बिहीबार, १२ अक्टोबरबाट सरेर अब अक्टोबर १० मङ्गलबार हुने भएको छ। यस्तै लखनउमा हुने दक्षिण अफ्रिकासँगको अष्ट्रेलियाको खेल २४ घण्टा पछि सरेको छ र अब  १२ अक्टोबर सट्टा १३ अक्टोबरमा खेल हुनेछ।

त्यसैगरी, बंगलादेशसँगको न्युजिल्यान्डविरुद्धको खेल सुरुमा १४ अक्टोबरमा चेन्नईमा हुने तय गरिएको थियो र अब शुक्रबार, १३ अक्टोबरमा हुनेछ ।

१२ नोभेम्बरको डबल हेडर भिडन्त परिवर्तन गरिएको छ। खेलहरु एक दिन अघि शनिबार, नोभेम्बर ११ मा सारिएको छ – अष्ट्रेलिया विरुद्ध बंगलादेश पुनेमा तथा कोलकातामा इंग्ल्याण्ड विरुद्ध पाकिस्तानबीच खेल हुनेछ।

यसैबीच, नेदरल्याण्ड्स विरुद्ध भारतको अन्तिम लिग खेल अब ११ बाट १२ नोभेम्बरमा सारिएको छ।

प्रतिक्रिया