Tuesday 14th of January 2025

खोलामा वेपत्ता भएको तीन दिनपछि महोत्तरीमा एकजनाको शव भेटियो

0 Shares

महोत्तरी / महोत्तरीमा खोलाले बगाएको तीन दिनपछि एकजनाको शव फेला परेको छ ।

मडाहा खोलाको बाढीमा बेपत्ता भएका सोनमा गाउँपालिका –१ का ३८ वर्षीय जावीर अंसारीको शव फेला परेको हो ।बिहिबार अपरान्ह अंसारीको शव सोनमा –१ गोवरैया टोलनजिक मडाहा खोलाको पूर्वी बगरमा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए ।

बाढी घट्दै गएपछि स्थानीयको सहयोगमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शव निकालेका थिए । बाढीको पानी जमेको करिव ५ फिट गहिरो खाल्डोमा खोजीगर्दा डोजरको सहायताले शव वाहिर ल्याएको प्रहरी निरीक्षक यादवले बताए ।

मृतकका आफन्तले शवको सनाखत गरेपछि प्रहरीले मुचुल्का तयार गरी परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर लग्ने तयारी भएको उनले बताए ।

प्रतिक्रिया