Thursday 20th of June 2024

गौशालाका शिक्षालय र स्वास्थ्य संस्था राजनितीकमुक्त रहने ः डा महतो

0 Shares

महोत्तरी /नगरभरिका सामुदायिक स्वास्थ्य र शिक्षाक्षेत्रलाई राजनितीक र भयमुक्तक्षेत्र घोषणा गरिने गौशाला नगरपालिकाका मेयर डा दिपेन्द्र महतोले बताएका छन् । आईतबार नेपाल शिक्षक महासंघले वुझाएको ज्ञापनपत्र वुझदै मेयर डा महतोेले यस नगरपालिकाको हरेक सामुदायिकस्तरको विद्यालय र स्वास्थ्य संस्थालाई राजनितीक र भयको वातावरणबाट टाढा नै राख्ने धारणा राखेका छन् ।

उनले भने, ‘अव कुनै पनि शिक्षक कसैको दवावमा नभई निष्पक्षरुपमा सेवा दिनका लागि तत्लिन रहनेछ । शिक्षकको सवालमा नगरपालिका हरपल सहयोगात्मक र सकारात्मक भुमिकामा प्रस्तुत रहनेछ ।’
अव यहाँ ६० बर्ष उमेर पुरा गरेका योग्य व्यक्तिलाई स्वयमसेवक शिक्षकको रुरुपमा नियुक्त गरि नगरको शैक्षिक गतिविधीमा सुधार ल्याउने प्रयासमा आफु रहको उनले धारणा राखेका छन् । यसबर्ष नगरपालिकाको बार्षिक बजेट योजनामा १५ करोड ६७ लाख रुपैयाँ विकासखर्चको रुपमा प्रयोग गरिने मेयर महतोले जानकारी दिए ।

No description available.
शिक्षकहरुको ज्याज माग सम्बोधन गराउनका लागि आफुले हरसम्भव सहयोगीको भुमिका निर्वाह गरिने महतोले धारणा राखेका छन् ।
नेपाल शिक्षक महासंघको केन्द्रिय निती निर्देशन अनुसार गौशाला नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत रहेका शिक्षकहरुले मेयर डा. महतोलाई ज्ञापनपत्र बुझाएको हो ।


ज्ञापनपत्र बुझाउँदै एकीकृत अखिल नेपाल शिक्षक संगठन महोत्तरीका अध्यक्ष रामउमेश यादवले नेपाल सरकारले ल्याउन लागेको शिक्षा विधेयकको विरुद्धमा देशभरिमा शिक्षकहरु सरकारलाई दवाव दिनका लागि आन्दोलित भएको जनाएको छ । आईतबार देशभरिका पालिकामा ज्ञापनपत्र बुझाएका शिक्षकहरुले साउन ३० गतेका दिन जिल्ला सम्वयन ईकाई कार्यालयमा र साउन ३२ गतेका दिन प्रदेशस्तरीय शिक्षा निर्देशनालयमा धर्ना दिदै ज्ञापनपत्र बुझाउने अध्यक्ष यादवले जानकारी दिएका छन् ।

यता महोत्तरीको १५ वटै पालिकामा पुगि शिक्षकहरुले सम्बन्धित पालिकामा दुई घण्टा धर्ना दिदै प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।

No description available.

प्रतिक्रिया