Friday 14th of June 2024

गाैशाला नगरपालिकाकाे उपमेयरले गरिन् कर्मचारीमाथि हातपात

0 Shares

गौशाला : महोत्तरीकाे गौशाला नगरपालिकाकी उपमेयर रेणु महतोले कार्यकक्षमा कार्यरत रहेको अवस्थामा कर्मचारीमाथि हातपात गरेकी छिन् । सोमबार गौशाला नगरपालिका राजश्व शाखाका कार्यरत रहेका दिपेन्द्र यादव उपर हातपात गरेका छन् ।

कार्यकक्षमा तोकिएको जिम्मेवारी अनुसार कार्यरत रहेको अवस्थामा टेवुलमा रहेको महत्वपुर्ण फाईलहरु फालेर तथानाम गाली गलौज गर्दै हातपात गरेको कार्यालयका कर्मचारी दिपेन्द्र  यादवले बताएका छन् ।

यता कार्यालयमै उपमेयरजस्तो पदमा आसिन्न व्यक्तिबाट कर्मचारी असुरक्षित रहेको भन्दै कर्मचारीहरुले कामकाज अनिश्चितकालिनको लागि स्थगित गरिएको हो । कार्यालयमा घटेको घटनाको सम्बन्धमा निष्पक्ष रुपमा छानविन गर्दै उचित न्यायको माग गर्दै कामकाज स्थगित गरिएको हो ।

यश अघि पनि कर्मचारि उपर उपमेयर रेनु कुमारि महताेले  दुर्ववहार गरि रहदा कर्मचारिहरूले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय जलेश्वरमा जनप्रतिनिधिबाट नै असुरक्षित भई सुरक्षाकाे प्रत्याभुति गराई कामकाज गर्न वातावरण मिलाई दिन संयुक्तरूपमा ज्ञापन पत्र बुझाएकाे तर कुनै किसिमकाे कार्वाहि नहुदा उपमेयर रेनु कुमारि महताेकाे मनाेबल बढेकाे कर्मचारिहरूले बताए ।

घटनाको विरोधमा नगरकार्यपालिका लगायत वडा कार्यालयहरुको सेवा स्थगित गरिएको कर्मचारीहरुले जारी गरिएको संयु्क्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको हो ।

गौशाला नगरपालिकाको उपमेयर रेणु महतोले कार्यालयमा कार्यरत रहेको कर्मचारीमाथि हातपात गरेको भन्दै नगरपालिकामा कार्यरत कर्मचारीहरु आन्दोलित भएका छन् । सोमबार दिउँसो नगरपालिकामा कार्यरत राजश्व शाखाका कर्मचारी दिपेन्द्र यादवमाथि उपमेयरले हातपात गरेको भन्दै कर्मचारीहरु नगर तथा वडाबाट उपलब्ध हुने हरेक किसिमको कामकाज अवरुद्ध गर्दै विरोधमा उत्रिएको हो ।

कार्यालयका कर्मचारीहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै भोली मंगलवारदेखि नगर वा वडामार्फत उपलब्ध हुने हरेक किसिमको कामकाज अवरुद्ध गरि आन्दोलनमा उत्रने जनाएको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार यादव आफनै कार्यकक्षमा कार्यरत रहेको समयमा उपमेयर रेणु महतोले कार्यकक्षको टेवुलमा राखिएको महत्वपुर्ण फाईलहरु फालि तथानाम गाली गलौज गर्दै उनीमाथि हातपात समेत गरेको कार्यालयमा कार्यरत कर्मचारीले आरोप लगाएका छन् ।

घटनाको विरोधमा नगरकार्यपालिका लगायत वडा कार्यालयहरुको सेवा स्थगित गरिएको कर्मचारीहरुले जारी गरिएको संयु्क्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको हो ।

घटनालाई अर्कै मोड दिएको ः उपमेयर महतो

घटनाको सम्बन्धमा उपमेयर रेणु महतोले कर्मचारीहरुले विना कारण आफुलाई विवादमा फसाउन खोजेको बताईन् ।

उनले भनिन्, ‘पोखरी र वजार ठेक्का लगाउनका लागि आफुले राजश्व शाखासँग छलफल गर्नका लागि कर्मचारी दिपेन्द्र यादवलाई वोलाउँदा अटेरीपन गरेको थियो । शाखाका अर्का कर्मचारी सोनेलाल रायमार्फत खवर पठाउँदा समेत दिपेन्द्र यादवले वेवास्ता गर्दै अटेरिपन गर्दै आएका थिए । पछि उनको कार्यकक्षमा गएर सभ्य भाषामा जवाफ मागेको घटनालाई कर्मचारीहरुले अर्कै मोड दिएको हो । यस विषयमा सुक्ष्म रुपमा अनुसन्धान हुनुपर्ने आवश्यक छ । मैले कुनै कर्मचारीमाथि हातपात वा गालीवेईज्जती गरेका होईनौं ।’

आफुले उनको कार्यकक्षमा गएर सभ्य रुपमा सम्झाउने घटनालाई कर्मचारीहरुले अर्कै मोडमा परिणत गरिएको दावी गरेकी छिन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुसँग प्रत्यक्ष रुपमा भेटघाटको माध्यमले छलफल प्रक्रिया अपनाएर घटनाको सम्बन्धमा छलफल गरि समस्याको निकास खोज्ने उपमेयर महतोले प्रतिवद्धता जनाएकी छिन् ।

उपमेयरले कर्मचारीलाई तनाव दिएकै हो ः मेयर महतो

ठेक्का लागेको विषयमा वहानावाजी गर्दै कर्मचारीलाई तनाव दिदै आएको मेयर डा. दिपेन्द्र महतोले बताएका छन् । कर्मचारीले गरेको गल्तीको सम्बन्धमा सुनवाई गर्ने निकाय हुँदाहुँदै समेत उपमेयरले गालीवेईज्जती र दुव्र्यवहारमा उत्रिनु अशोभनिय रहेको मेयर महतोले बताए । छलफलमार्फत कर्मचारीलाई न्याय दिनका लागि आफुले अग्रसर भुमिका निर्वाह गरिने मेयर डा. महतोले धारणा राखेका छन् । घटनाको विषयमा सुक्ष्म रुपमा बुझेर चाँडै नै नगर र वडाबाट उपलब्ध हुने सेवासुविधा निर्वाध रुपमा संचालन हुने वातावरणको निर्माण गरिने महतोले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया