Friday 14th of June 2024

तमिलनाडुमा तीर्थयात्री बोकेको रेलमा आगलागी, ८ जनाको मृत्यु

0 Shares

नयाँ दिल्ली : तमिलनाडुको मदुरै रेलवे स्टेशन नजिकै तीर्थयात्री बोकेको रेलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ ।

मिडिया रिपोर्टका अनुसार १७ अगस्टमा लखनउबाट ६० भन्दा बढी तीर्थयात्री ट्रेनबाट सामी दर्शनका लागि दक्षिण भारत गएका थिए ।

यी तीर्थयात्रीहरू शनिबार बिहान मदुरै पुगेका थिए। उनीहरुले हिजो नागरकोइलस्थित पद्मनाभ स्वामी मन्दिरको दर्शन गरेका थिए ।

यो ट्रेन मदुरै रेलवे स्टेशनबाट करिब एक किलोमिटर टाढा रोकिएको थियो। केही यात्रुहरूले सिलिन्डर प्रयोग गरेर चिया बनाउँदै गर्दा आगलागी भएको बीबीसी समाचारमा उल्लेख छ।

अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन् र हालसम्म आठ शव बरामद गरिएको छ।

प्रतिक्रिया