Friday 14th of June 2024

समाज विकासका लागि शिक्षा आवश्यक ः मेयर महतो

0 Shares

महाेत्तरिकाे गाैशाला नगरपालिकामा विकास निर्माणको क्रममा शैक्षिक स्तर सुधार गर्नका लागि नगरपालिकाले सक्रिय भुमिका निर्वाह गर्दै आएको गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोले बताएका छन् ।
वुधबार गौशालास्थित श्री मावि निगौलमा नवनिर्मित भवनको शिलान्यास गर्दै मेयर महतोले शैक्षिक सुधार्नका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखि वजेट विनियोजन गरेको बताए ।
मेयर डा. महतोले भने, समाज विकासका लागि शिक्षाको विकास हुनु अतिआवश्यक छ । शिक्षा विनाको समाजको परिकल्पना हामीले गर्न सक्दैनौ । सो लाई मनन गर्दै हामीले शैक्षिक सुधारका लागि अनकौ कार्यहरु गर्दै आएका छौ । नगरभरिका सामुदायिक विद्यालयमा गुणस्तर रुपमा शैक्षिक सुधारका लागि हामीले वजेट विनियोजन गरि कार्यसम्पादन गर्दै आएका छौ ।’
हाल यहाँ शैक्षिक सुधारका लागि भवन र जनशक्तिको अभाव रहदै आएकोले सो लाई मनन गर्दै नगरले विकासको परिकल्पना गरेको मेयर डा महतोले जानकारी दिए । उनले अगाडि भने, केही दिनभित्रमा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई मनन गर्दै यहाँका अभिभावकहरुले आफना वालवालिकालाई पढनका लागि पठाउनेछ । त्यसका लागि नगरले पहलकदमी लिई अगाडि बढिरहेको छ ।’
विद्यालयका प्रधानाध्यापक जितेन्द्र सिंहका अनुसार विद्यालयमा भौतिक पूर्वाधारको अभावमा कक्षाकोठाभित्र विद्यार्थीलाई कोच्चिएर पढाउनुपर्ने वाध्यता रहेको थियो । अव नगरको सहयोगले निर्मित यस ९ कोठे भवनले शैक्षिक क्रियाकलाप गर्नका लागि विद्यालयलाई राहत प्राप्त भएको प्रधानाध्यापक सिंहले बताए ।
अढाई करोडको लागतमा भवन निर्माण
विद्यालयको आफनै जग्गामा नगरपालिकाको कार्यालयले ९ कोठे भवनको निर्माण गरिदिएको छ । तीनतल्ले सो भवन निर्माणका लागि आर्थिक बर्ष २०७९÷०८० मा २ करोड ४१ लाख २६ हजार ४ सय २५ रुपैयाँ खर्चिएको हो । अत्याधुनिक सेवा सुविधा सहित निर्माण गरिएको सो भवन विजय सृजना जेभी ग्रुपले निर्माण गरिएको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयले गरे शिक्षाप्रेमीलाई सम्मान
भवन निर्माणको क्रममा निःश्ल्क रुपमा जग्गा प्रदान गरि सहयोग गर्ने निगौलका नरेश सिंह कुशवाहालाई सम्मान गरेका छन् । कुशवाहाले विद्यालयको भवन निर्माणका लागि ६ कट्ठा जग्गा प्रदान गरेका थिए । सो क्रममा मेयर डा. दिपेन्द्र महतो, वडाअध्यक्ष श्याम मण्डल लगायतलाई विद्यालयले सम्मानित गरेका छन् ।

साे कार्यक्रममा वडानं २,५,७ र १२ का वडा अघ्यक्ष , ज स पा नेपालका केन्द्रीय सदस्य रामश्रेष्ठ महताे , नगर अध्यक्ष कुमरकान्त झा, नेत्रि रामकुमारि देवि, ने क पा एमालेका नगर अध्यक्ष  अजय महताे, ने क पा का श्याम शाह शंकर, त्रिभुवन मा वि. का विघ्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार महताे,सामुदायिक  विध्यालयहरूका प्र. अ., राम जानकि बाेर्डिडग् स्कुलका प्र.अ. उमेश कुमार महताे, युवा समाजसेवि हरि महताे, मनाेज महताे, लगायत नगरपालिकाका विभिन्न शाखाका शाखा अधिकृत , शिक्षक, पत्रकार, स्थानीय , बुध्दिजिवि, समाजसेवि, राजनितिककर्मि सहितकाे उपस्थिति रहेकाे थियाे ।

समाज विकासका लागि शिक्षा आवश्यक ः मेयर महतो

प्रतिक्रिया