गौशाला । जिल्ला प्रशासन कार्यालय महोत्तरीले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गर्नको लागि हार्दिक अनुरोध गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण नेपालमा तीव्रतर बढिरहेको छ । यस जिल्लामा समेत कोभिड १९ को संक्रमण बढ्दै गईरहेको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणका कार्यहरु प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्न मिति २०७८÷०१÷१६ मा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय तथा वर्तमान संकटपूर्ण अवस्था समेतलाई मध्यनजर गरी तपसिल बमोजिम गर्नु गराउनुहुन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख तिर्थराज भट्टराईले जानकारी दिनुभयो ।
उल्लेखित सूचनाको अवज्ञा गर्नेहरुलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।