पदम तामाङ्ग, बर्दिबास । महोत्तरीको बर्दिवास अस्पतालमा रहेको करोडौंको लगानिमा राखिएको दुुइवटा पिसिआर मेसिन सूचारु नहुँदा कोरोना परिक्षण गराउनेहरु भौतारिरहनु परेको छन् ।
अस्पताललाई रोटरी क्लब बर्दिवासले एक थान र बर्दिवास नगरपालिकाले एक थान गरि दुई वटा पिसीआर मेसिन जडान गरिएको बर्दिवास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले बताएका छन् ।
उनका अनुुसार पिसिआर मेसिनमा केही प्रावधिक गडबडी भएको कारणले सुचारु हुनमा ढिलाई भएको हो तर अवको ५ दिन भित्र हामीले जनता माझ सबै सेवा सुविधा सहित पिसिआर मेसिन सुचारु गरि अस्पतालका सबै समस्याहर सामाधान गरिने मेयर कार्कीको भनाई रहेको छ ।
रोटरी क्लबका पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतम सहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका नगरप्रमुख विदुर कुमार कार्कीलाई पिसिआर मेसिन हस्तान्तरण गरेका थिए ।