Wednesday 15th of January 2025

प्रदेश २ मा बिहीबार २५९ नयाँ संक्रमित थपिए, सक्रिय कोरोना संक्रमित १८६४

0 Shares

जनकपुरधाम । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका २ सय ५९ नयाँ संक्रमित थपिएका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, गौर अस्पताल रौतहट, जिल्ला अस्पताल सिरहा र नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा गरिएको परिक्षणमा पर्सामा १४१, धनुषामा ४६, बारामा २३, रौतहटमा १७, महोत्तरीमा १५, सिरहामा ७, सर्लाहीमा ६, सप्तरीमा १ र अन्य जिल्लाका ३ जना गरी जम्मा २ सय ५९ जना संक्रमित थपिएका छन् । आज संक्रमित हुनेमा १८५ पुरुष र ७४ महिला रहेका छन् ।

यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार ८७ पुगेको छ । आज संक्रमित भएका सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु सबै होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक डा.कमलेश प्रसाद यादवले जानकारी दिए ।

सप्तरीमा रहेको २ सय ५०, सिरहामा १ सय, धनुषामा ४२, रौतहटमा ८४, बारामा १५ र पर्सामा १०५ गरि प्रदेशभरिमा रहेको ५९६ बेक्ष क्षमताका आइसोलेसनमा पर्सामा ५६ र सिरहामा १० गरी ६६ जना भर्ना रहेका छन् । महोत्तरी र सर्लाहीमा अहिले आइसोलेसन सेन्टर नै छैनन् ।

यस प्रदेशमा सप्तरीमा ४४, सिरहामा २९, धनुषामा २४९, महोत्तरीमा ६९, सर्लाहीमा १६, रौतहटमा ११६, बारामा २१८ र पर्सामा १ हजार ५७ गरि जम्मा १ हजार ७९८ जना व्यक्ति होम आइसोलेसनमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । प्रदेशमा अहिले कुनैपनि ठाउँमा क्वारेन्टाइन छैनन् भने होम क्वारेन्टाइनहरु समेत खाली रहेका छन् ।

प्रदेशभरीमा बिहीबारसम्म सप्तरीमा २१ हजार ३५०, सिरहामा १२ हजार ७३०, धनुषामा २२ हजार ९२९, महोत्तरीमा ९ हजार ६६, सर्लाहीमा १४ हजार ५१४, रौतहटमा २४ हजार ५५१, बारामा १२ हजार ७४६ र पर्सामा ३३ हजार ८६० गरि जम्मा १ लाख ५१ हजार ७४६ जनाको स्वाब परीक्षण गरिएकोमा १९ हजार ८७ जना संक्रमित भएका छन् भने १ लाख ३२ हजार ५०२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

धनुषाका १५७ जनाको रिपोर्ट आउन अझै बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज सिरहाका ९५, धनुषाका १५७, रौतहटका २८, बाराका २३ र पर्साका २६६ गरि ५६९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ मा अहिलेसम्ममा सबैभन्दा बढी पर्सा जिल्लामा ४ हजार ४०५ जना संक्रमित भइसकेका छन् । धनुषामा २ हजार ९०९, रौतहटमा २ हजार २९७, सर्लाहीमा २ हजार ७५, बारामा १ हजार ९३२, महोत्तरीमा १ हजार ८९७, सप्तरीमा १ हजार ८७५ र सिरहामा १ हजार ६९७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये १७ हजार जना निको भई आ–आफ्नो घर फर्किसकेका छन् । जसमध्ये १४ हजार ३९ पुरुष र २ हजार ९ सय ६१ महिला रहेका छन् । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ८६४ रहेको निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा ४५ महिला र १७८ पुरुष गरि २२३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।अहिलेसम्म पर्सामा ६२, सप्तरीमा ४१, सिरहामा २६, धनुषामा २५, बारामा २५, महोत्तरीमा १८, सर्लाहीमा १५, रौतहटमा १० र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया