Sunday 16th of June 2024

३० जनालाई पोशाक वितरण

0 Shares

गौशाला / गौशाला नगरपालिका ६ स्थित श्री मावि भेडियाही फुलकाहाका ३० जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । शुक्रवार विद्यालयमा आयोजित एक समारोहकावीच कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत गरिव, असहाय, टुहुरा लक्षित वर्गका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको हो ।

नवजीवन कृषि सहकारी संस्थाले वार्षिक योजना अनुसार सो पोशाक वितरण गरिएको संस्थाका सचिव सुनिल कुमार साहले बताए । आर्थिक अवस्थाकै कारण विद्यार्थीहरु विचमा नै पढाई छोड्ने प्रवृतिलाई अन्त्य गर्नका लागि सो सामाजिक कार्यक्रम लागु गरिएको सचिव साहले जानकारी दिएका छन् । विद्यालयले यसरी सहयोग पाएपछि सो लक्षितवर्गका विद्यार्थीहरुलाई निकै नै उपलब्धि भएको विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रप्रसाद कुशवाहाले जानकारी दिएका छन् ।

प्रधानाध्यापक कुशवाहाले यसप्रकारका सहयोगले सामुदायिक विद्यालयप्रति आकर्षित वढनेमा आफु विश्वस्त रहेका धारणा राखेका छन् । मधेश प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी मन्त्रालयका सचिव डा नम्रता सिंहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल सरकारका उपसचिव डा. सुरेन्द्र यादव, विद्यार्थी नेता सुर्यनारायण साह, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षाप्रेमी लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया