Friday 14th of June 2024

२१० किलो गाँजासहित २ जना पक्राउ

0 Shares

महोत्तरी / महोत्तरी प्रहरीले २१० किलो गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । गएराति जलेश्वर नगरपालिका वडा नं. १ स्थित महादेव मन्दिर नजिकबाट बा.प्र. ०१-०२६ च ४९२१ नम्बरको पिकप गाडिमा १४ पोका अन्दाजी २१० किलो गाँजा नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका ७ का २५ बर्षिय चालक सुरेन्द्र दास र सहचालक जिल्ला धादिङ थाक्रे गाउँपालिका वडा ७ का २३ बर्षिय जिवन तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पक्राउ परेका दास र तामाङ उपर आवश्यक अनुसन्धान भईरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलिपकुमार गिरीले जानकारी दिएको छ ।

प्रतिक्रिया