Friday 14th of June 2024

शिक्षकहरूको तेस्रो दिनको आन्दोलन सुरू : आजपनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त

0 Shares

काठमाडौं : शिक्षकहरूको तेस्रो दिनको आन्दोलन सुरू भएको छ। आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। माइतीघर मण्डादेखि नयाँ बानेश्वरसम्म सवारी साधन चलेका छैनन्। संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध शिक्षकहरूले मंगलबारदेखि जारी छ।

अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरू र सरकारबीच तेस्रो चरणको वार्ता जारी छ।  सिंहदरबारमा सरकारका मन्त्रीसहितको टोली र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भइरहेको छ।

null

वार्तामा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ,शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई  र शिक्षकको तर्फबाट नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी छन्।
बुधबार बिहान र बेलुका गरी दुई चरणमा वार्ता भएको थियो। बेलुकाको वार्तामा सरकारका तर्फबा गृहमन्त्री श्रेष्ठ,शिक्षामन्त्री राई,सञ्चा तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा अर्थमन्त्री डा.प्रकाशशरण महत र कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङ सहभागी थिए।

बेलुका ७ बजेदेखि सुरू भएको वार्ता ९ बजेसम्म चलेको थियो। तर, वार्ता निष्कर्षविहीन बनेको थियो। छलफलमा क्रममा कतिपय माग संविधान नै संशोधन गर्नुपर्ने खालका रहेकाले शिक्षकले अगाडि बढाएका मागमा सहमति हुन नसक्ने मन्त्रीहरूले बताएका थिए।

फेरि छलफल गर्नुपर्ने भन्दै शुक्रबार बिहान ८ बजे बस्नेगरी बैठक टुंगिएको थियो।

शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै बुधबारदेखि सुरु भएको आन्दोलनमा सहभागी हुन काठमाडौंमा विभिन्न जिल्लाबाट शिक्षक/शिक्षिका आएका हुन्। सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालिन आन्दोलन सुरू गरेका छन्।

प्रतिक्रिया