Thursday 20th of June 2024

राज्यले समग्र शिक्षकको माग सम्बोधन गर्नुपर्छ : पूर्व शिक्षाराज्यमन्त्री यादव

0 Shares
file photo

धनवीर महतो
महोत्तरी / समग्र शिक्षकहरुको ज्याज माग पुरा गर्नु सरकारको दायित्व रहेको पूर्व शिक्षा राज्यमन्त्री बोधमाया यादवले बताएका छन् । आईतबार विहान  कुराकानीको क्रममा पूर्वशिक्षा राज्यमन्त्री यादवले सामुदायिक विद्यालयका कार्यरत रहेको राहत, वालविकास लगायतका शिक्षकहरुको सामग्र माग सरकारले पुरा गर्नुपर्नेमा जोड दिएकी छिन् ।
सरकारले ल्याएको विधयेकलाई संशोधन गरि प्रतिनिधीसभा र राष्ट्रियसभाबाट पारित गरेर लागु हुनेमा यादवले स्पष्ट पारेकी छिन् । शिक्षामन्त्रीलाई यस विषयमा अग्रणी भुमिका निर्वाह गर्नुपर्नेमा उनले धारणा राखेकी हुन् ।
नेपालको समग्र शैक्षिक सुधारका लागि सरकारले ल्याउन लागेको शिक्षा विधयेक सवैको हितमा रहेको धारणा राख्दै अगाडि भनिन्, ‘हुन त यसभन्दा अगाडिको शिक्षामंत्री गिरीराजमणि पोखरेलको समयमा पनि शिक्षा विधयेक ल्याउन लागेको थियो तर केही प्राविधीक कारणवश तत्कालिन समयमा सो सम्भव हुन सकेका थिएन् ।’
नेपालको शैक्षिक अवस्था सुधार गर्ने क्रममा सवैको साथ र सहयोगको आवश्यकता रहेकोमा उनले जोड दिएका छन् । नेपालको शिक्षा निती परिवर्तनका लागि सवैको भुमिका आवश्यक रहेको उनले जोड दिएका छन् ।
यता राहत शिक्षकहरु आज दोस्रो दिन काठमाण्डौ केन्द्रित आन्दोलन जारी राखेको छ । आन्दोलनको क्रममा विद्यालय बन्द गर्दा पठनपाठनमा प्रत्यक्ष रुपमा असर गरिएको छ । जसको भर्पाई अगामी दिनमा हुनेमा राहत शिक्षक समिति गौशालाका नगर अध्यक्ष शैलेन्द्र ठाकुरले बताएका छन् । विद्यार्थीको पठनपाठनलाई असर हुन नदिने किसिमले पहलकदमी गरिने अध्यक्ष ठाकुरले धारणा राखेका छन् ।

May be an image of 4 people and text

 

प्रतिक्रिया