0
Shares
काठमाडौँ — गृह मन्त्रालयले पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङको लमजुङ अस्पताल लगायत शिक्षणसंस्थामा चिकित्सकमाथि आक्रमण र तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको छ ।
चिकित्सकहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरुको बैठक बोलाएका थिए । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालय स्रोतले जनायो ।