महोत्तरीका ७५ जना अतिविपन्न तथा गरिव घरपरिवारलाई राहत सामग्री वितरण

गौशाला / महोत्तरीका ७५ जना अतिविपन्न तथा गरिव घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ ।

वुधबार जिल्लाका ३ पालिका गरि सो संख्याका घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । गौशाला नगरपालिकाका नगरप्रमुख डा दिपेन्द्र महतोको हातबाट यहाँका १८ जनालाई सो सामग्री वाडिएको हो । त्यस्तै आजै रामगोपालपुर नगरपालिकामा १० जनालाई र जलेश्वर नगरपालिकाको ४७ जनालाई पनि सामग्री वितरण गरिएको हो ।

स्टेट ट्रष्ट र वीएनएमटी नेपालको सहयोगमा सो सामगं्री तिवरण गरिएको हो । कार्यक्रमको सहजीकरण स्थानिय पालिकाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार