Sunday 16th of June 2024

आँखा पाक्ने रोगले पाकिस्तानमा विद्यालय बन्द

0 Shares

पाकिस्तान: आँखाको सङ्क्रमण बढ्दै गएपछि पाकिस्तानको पञ्जाब प्रान्तका सरकारी र निजी विद्यालयहरू सेप्टेम्बर २८ मा बन्द हुने जनाएको छ ।

पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नकवीले बिहीबार सबै विद्यालय बन्द गर्ने घोषणा गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।

आदेशमा सङ्क्रमण फैलन नदिन अन्य दिन विद्यालयको मुख्य प्रवेशद्वारमा विद्यार्थीको चेकजाँच गर्न पनि निर्देशन दिइएको छ ।

एआरवाई न्यूजका अनुसार पञ्जाब प्रान्त र पाकिस्तानका अन्य भागमा आँखाको सङ्क्रमण हुने घटनामा तीव्र वृद्धि भएको छ । भारतको पञ्जाब राज्यको स्वास्थ्य विभागका अधिकारीहरुले पछिल्लो २४ घण्टामा ८५ जना नयाँ बिरामी फेला परेको जानकारी दिएका छन् ।

गुलाबी (राता) आँखा पारदर्शी झिल्लीको एक सङ्क्रमण हो जसले परेला र आँखाको नानी रहने गोलो भागलाई सङ्क्रमित गर्दछ । यसलाई ‘कन्जेक्टिभा’ भनिन्छ ।

प्रतिक्रिया