Saturday 13th of July 2024

सम्सी गाँउपालिकामा सुशासन लागु भएन, कर्मचारी दिउँसै ह्वीलचेयरमा सुत्छन ।। (भिडियो सहित)

0 Shares

महोत्तरी । सम्सी गाँउपालिकामा उच्च तहका कर्मचारी एवम जनप्रतिनिधीहरु नियमित रुपमा कार्यालयमा नबस्दा कर्मचारीहरु लापरवाही तरिकाले कार्यालयमा कार्यसम्पादन गर्दै आएका छन ।

विहीवार रेडियो रुपान्तरणको टिम कार्यालयमा गएको समयमा प्रमुख प्रशासकीय अधिकृत मोहिवुल अन्सारी लगायतका कर्मचारीहरु अनुपस्थित रहेका थिए । कार्यालयमा उच्च तहका पदाधिकारीहरुको अनुपस्थित रहेको मौका छोपी कर्मचारीमध्ये एक ह्वील चेयरमा मस्त निन्द्रामा सुतेको थियो । कार्यालयमा कामकाज भएतापनि दर्ता चलानीमा कार्यरत कर्मचारी रविन्द्र यादव कुर्सीमै कार्यालय समयमै निदाएका थिए ।

प्रमुख प्रकाशकीय अधिकृतको जिम्मेवारी पाएका मोहिवुल अन्सारी नियमित रुपमा उपस्थित नभएपछि कार्यालयमा कार्यरत कर्मचारीहरु वेकाम भई फुर्सदको जीवन विताउँदैछन । गाँउपालिकाका पदाधिकारी र उच्च तहका कर्मचारीहरु नियमित रुपमा कार्यालयमा उपस्थित नभएपछि कर्मचारीहरुको लापरवाही बढदै आएको सेवाग्राहीहरुको भनाई रहेको छ । https://www.facebook.com/112736813863020/posts/305831484553551/

प्रतिक्रिया