Sunday 16th of June 2024

गाैशाला नगरपालिकाकाे कार्यपालिका बैठलेले गरे तिन वटा महत्त्वपूर्ण निर्णय

0 Shares

गाैशाला : महाेत्तरीकाे गाैशाला नगरपालिकामा बसेकाे कार्यपालिका बैठकले तिन वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

शुक्रबार नगरकार्यपालिकाकाे बसेकाे बैठले महत्त्वपूर्ण तिन वटा निर्णय गरेका छन् । जसमा मध्ये पहिलो  धनुषा जिल्लाकाे मिथिला नगरपालिका अन्तर्गत ढल्केबरमा रहेको रेयुकाई एईको मासुनागा आँखा अस्पतालसँग सम्झौता गरि गाैशाला नगरपालिका अन्तर्गतका सम्पूर्ण आँखाकाे बिरामीहरुलाई माेतिबिन्दकाे शल्यक्रिया (अप्रेसन) सहित औषधी, चश्मा समेत नि:शुल्क दिने , त्यसैगरी दाेस्राेमा गौशाला नगरपालिका अन्तर्गत रहेका मुख्य सडक, कृषि तथा सहायक सडकहरुको सिमा भित्र रहेका विभिन्न सर-समानहरु जस्तै : मल, दाउरा, काठ, ढुङ्गा, मुढा, पराल, घर निर्माण सामग्री इत्यादीहरु सर-समानहरु आजको मितिदेखि ७ दिनभित्र सडक सिमाभित्र पर्ने सम्पूर्ण सर-समानहरु हटाई सडक खाली गर्न गराउन निर्णय भएका नगर प्रमुख डा. दिपेन्द्र महताेले बताउनुभयो । साथै सो समय सिमा भित्र खाली नगर्ने नगराउने सम्बन्धित व्यक्तिलाई नेपाल सरकारको कानुन बमोजिम कानुनी कार्यवाही निर्णय ,अन्तिममा नगरपालिका अन्तर्गत कन्स्ट्रक्सन तथा विभिन्न कार्य गरिरहेका सम्पूर्ण ठेकेदार तथा कम्पनीहरुले समयमा काम सम्पन्न नगर्नेलाई कालाे सुचिमा राख्ने कार्यविधि बनाएका छन् ।

प्रतिक्रिया