मुख्यमन्त्री राउतद्वारा सिडियोहरु संग भर्चुअल सम्वाद महामारी रोकथाम र नियन्त्रणमा सम्पूर्ण शक्ति लगाउन निर्देशन

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको अवस्था वारे जानकारी लिन आज प्रदेश स्थित आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग भर्चुअल सम्वाद गर्नु भएको छ ।

पछिल्लो समयमा बढदै गएको कोरोना महामारीको अवस्था, रोकथाम र नियन्त्रणका लागी जिल्लाहरुमा भै रहेको प्रयास तथा अगामी दिनमा प्रदेश सरकारले चाल्नु पर्ने कदमहरु बारे सुझाव लिन मुख्यमन्त्री राउतले भर्चुअल सम्बाद गर्नु भएको हो ।
छलफलको क्रममा मुख्यमन्त्री राउतले महामारीको रोकथाम र नियन्त्रणका लागी सम्पूर्ण शक्ति लगाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । कोरोना जाँचका लागी प्रदेश सरकारले आठ वटै जिल्लामा पिसिआर मेशिन संचालनमा ल्याई सकेको हुँदा जाँचमा समस्या नहुने विश्वास व्यक्त गर्नु हँुदै मुख्यमन्त्री राउतले उपचारको लागी समेत प्रदेश सरकार तयार अवस्थामा रहेको र थप तैयारी समेत शुरु गरि सकेको जानकारी गराउनु भएको थियो ।

छलफलको क्रममा प्रमुख जिल्ला अधिकारीहरुले कोरोना महामारी नियन्त्रणका लागी आठ वटै जिल्लामा होल्डीङ्ग सेन्टरहरुको निर्माण गर्नु पर्ने सुझाव दिएका थिए ।

भर्चुअल सम्बादमा प्रदेश सरकारको तर्फ बाट प्रमुख सचिव गोकर्णमणि दुवाडी, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव विरेन्द्र कुमार यादव, आर्थिक मामिला मन्त्रालयका सचिव, समाजिक विकास मन्त्रालयका सचिव, चार वटै सुरक्षा निकायका प्रदेश स्थित प्रमुखहरु सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार