Friday 14th of June 2024

गौशालामा मोटरसाईकलको ठक्करबाट एक बालिका घाईते

0 Shares

गौशाला ः महोत्तरीको गौशालामा मोटरसाईकलको ठक्करबाट एक जना बालिका घाइते भएकी छिन् ।

गौशाला नगरपालिका वडा नम्वर २ निगौल चोक नजिक सम्सी बाट गौशाला तर्फ आउदै गरेको ज.२ प. ४०२४ नम्बरको मोटरसाईकलले ठक्क दिदा पैदल यात्री वडा नं. २ मै बस्ने उदय सिंहको छोरी वर्ष ४ की निधि कुमारी सिंह घाइते भएकी छिन ।

घाइते भएकी सिंहको टाँउको र शरीरको बिभिन्न भागमा चोटपटक लागी उपचारका लागि प्राथिमिक स्वास्थ्य केन्द्र गौशाला भर्ना गरिएको थियो तर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि जनकपुर स्थित ओम दिर्घायू अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज कुमार यादवले बताए ।
ठक्कर दिने मोटरसाईकल चालक गौशाला नगरपालिका वडा नं. ५ बस्ने लालबाबु राउत ईलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिक्रिया