Friday 14th of June 2024

सन् १८६९ मा आजकै दिन : गान्धीको जन्म

0 Shares

काठमाडौँ — सन् १८६९ मा आजकै दिन (अक्टोबर २) मा भारतीय स्वतन्त्रता आन्दोलनका अगुवा, राजनीतिक तथा आध्यात्मिक नेता महात्मा गान्धी (मोहनदास करमचन्द गान्धी) को जन्म भएको थियो ।

महात्मा गान्धी | प्रेरक संसार

भारतको पोरबन्दरमा जन्मिएका गान्धीले भारतमा ब्रिटिस शासनविरुद्ध अहिंसात्मक आन्दोलनको अगुवाइ गरेका थिए । गान्धीले ब्रिटिस संस्थाहरू बहिष्कारका लागि संगठित अभियानसमेत चलाएका थिए । जसका कारण १९४७ मा भारतमा ब्रिटिस शासनको अन्त्य भएको थियो ।

स्वतन्त्रता आन्दोलनका क्रममा उनी पटक–पटक पक्राउ परेका थिए । गान्धीले दक्षिण अफ्रिकाको नागरिक आन्दोलनमा समेत सक्रिय भूमिका निर्बाह गरेका थिए । भारतमा उनलाई राष्ट्रपिताका रूपमा सम्मान गर्ने गरिन्छ ।PERSONAJES: Gandhi y su esposa Kasturbhai en Johannesburgo, Sudáfrica ...

गान्धीको १९४८ को जनवरी ३० मा हत्या गरिएको थियो । राजधानी दिल्लीस्थित एउटा प्रार्थनाबाट फर्किनै लाग्दा नाथुराम विनायक गोडसेले गोली हानेका थिए । ३८ वर्षीय कट्टरवादी गोडसे दक्षिणपन्थी संगठन हिन्दु महासभाका सदस्य थिए । गान्धीले मुस्लिम समर्थक र पाकिस्तानप्रति नरम भएर हिन्दुहरूलाई विश्वासघात गरेको उक्त संगठनको आरोप थियो । भारत–पाकिस्तान विभाजनका क्रममा मच्चिएको रक्तपातका लागि गान्धी दोषी भएको संगठनको आरोप थियो ।

गान्धीको हत्याको एक वर्षपछि गोडसेलाई भारतीय अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त सजाय उच्च अदालतले सदर गरिदिएपछि गोडसेलाई १९४९ को नोभेम्बरमा मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया